पूर्वराजा समर्थकका चर्का नाराले गुन्जियो त्रिभुवन विमानस्थल क्षेत्र

डिसी नेपाल
२५ फागुन २०८१ १७:११
256
Shares

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं उत्रिदा समर्थकले चर्को नाराबाजी गर्दै स्वागत गरेका छन्।

शाह पोखराबाट काठमाडौंका लागि समीट एयरको जहाजमार्फत आइतबार अपरान्ह त्रिभुवन विमानस्थल उत्रिएका थिए।

पोखरामा राजावादीले उनलाई पञ्चेबाजासहित बिदाइ गरेका थिए। विमानस्थल अगाडि समर्थक जम्मा भइ राजसंस्थाको पक्षमा र सरकारविरुद्ध प्रदर्शन गरेका छन्।

उनलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राप्रपा नेपाललगायत दलका कार्यकर्ता र राजतन्त्र समर्थकले भव्य स्वागत गरेका हुन्।

विमानस्थलको द्वारमा आफ्नो गाडीमा उभिएर पूर्वराजाले आफ्नो समर्थकको अभिनन्दनको स्वीकार गरेका थिए।

यता, अप्रिय घटना नहोस् भनेर काठमाडौँको सुरक्षा व्यवस्था कडा पारिएको प्रशासनले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *