बोल्ने समय नजिक आउँदै छ, समय आएपछि सबै कुरा बोल्छुः रवि लामिछाने (भिडियोसहित)
बुटवल। रास्वपा सभापति रवि लामिछानेले रुपन्देही जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा निवेदन दर्ता गराएका छन्।
बुटवलको सुप्रिम सहकारीको बचत अपचलनसँग सम्बन्धित मुद्दामा माघ १३ गते रुपन्देही जिल्ला अदालतले एक करोड रुपैयाँ धरौटी लिएर उहाँलाई थुनामुक्त गर्ने आदेश दिएको थियो।
फौजदारी कार्यविधि संहिताको दफा ६८ बमोजिम धरौटी माग गरिएकोमा चित्त नबुझी सो बेरितको आदेश बदर गरी दफा ६९ बमोजिम साधारण तारेखमा बसी मुद्दा पुर्पक्ष गरी पाऊँ भनि लामिछानेले दफा ७३ बमोजिम उच्च अदालतमा निवेदन दर्ता गराएका हुन्।
निवेदन दर्ता गराएपछि लामिछानेले आफूले बोल्ने समय नजिक आउँदै गरेको भन्दै समयआएपछि सवै कुरा बोल्ने प्रतिक्रिया दिए। आफरू बोल्ने नै मान्छे भएको भन्दै उनले केही समय प्रतिक्षा गर्न सञ्चारकर्मीलाई आग्रह गरे।
उनले भने,‘मेरो तर्फबाट कानून व्यवसायीले बोल्नुहुन्छ, मेरो बोल्ने समय एकदम नजिक आउँदैछ। म एकदम तयारीमा बसिरहेको छु। एकदम प्रतिक्षा गर्नुहोला। तपाईंहरुलाई थाहा छ त म बोल्ने नै मान्छे हुँ। अहिले म त्यही अवस्थामा छु अलिकति। अलिकति प्रतिक्षा लाइनमा छु। अब प्रतिक्षा लामो छैन। एकदम छोटो समयपछि म विशेष सम्बोधनसहित साथीहरुको जिज्ञासाको जवाफ दिन आउँदैछु।’
No ads found for this position

डिसी नेपाल
Facebook Comment