नेपालमा उच्च वायु प्रदूषण

डिसी नेपाल
२८ फागुन २०८१ १२:२३
36
Shares

काठमाडौं । नेपाल वायु आज उच्च प्रदूषित रहेको छ। स्विट्जरल्यान्डस्थित वायु गुणस्तर निगरानी गर्ने डाटाबेस आईक्यूएयरका अनुसार नेपाल आज विश्वकै दोस्रो बढी प्रदूषित देशको सूचीमा परेको हो।

लामो समयदेखि पानी नपर्दा नेपालको वायु प्रदूषण अति अस्वस्थ स्तरमा पुगेको आईक्यूयरले जनाएको छ।

आज बिहान दाङको देउखुरी क्षेत्रको वायुको गुणस्तर सबैभन्दा खराब रहेको र त्यहाँको वायुको गुणस्तर १९२ एक्यूआई मापन भएको वातावरण विभागले जनाएको छ।

कैलालीको धनगढी, भक्तपुर, काठमाडौंको शंखपार्क र रत्नपार्क तथा ललितपुरको खुमलटार, भैँसेपाटी क्षेत्रको हावा अति अस्वस्थकर तहमा पुगेको बताइएको छ।

प्रदुषित शहरको शीर्ष स्थानमा भारत रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *