रायडूले सन्यास फिर्ता लिने!

डिसी नेपाल
८ भदौ २०७६ ८:१७

एजेन्सी । आईसीसी विश्वकप २०१९ को टिममा नपरेपछि अचानक सन्यासको घोषणा गरेका भारतीय क्रिकेटर अम्बाती रायडूले फेरि क्रिकेटमा फर्कने सोँच बनाएका छन् ।

अम्बाती रायडूले विश्वकपमा पहिले चार नम्बरको ब्याट्सम्यानको रुपमा खेलाउनका लागि उनी असफल हुने भन्दै विजय शंकरलाई चयन गरेपछि उनी निराश हुँदै सबै क्रिकेटको सबै फरम्याटबाट सन्यासको घोषणा गरेका थिए ।

तर रायडूले फेरि एक पटक क्रिकेटमा फर्कने योजना बनाइरहेको खुलासा गरे । उनले भने ‘म चेन्नाई सुपर किंग्सका लागि आईपीएल खेल्छु ।मेरो सबैभन्दा ठूलो प्राथमिकता भनेको फिटनेश पनि हो ।’ सन्यास फिर्ताको विषयमा उनले यसमा अझै समय रहेको भन्दै यस विषयमा विचार गरिरहेको बताए ।

उनले सबै फरम्याटबाट सन्यास घोषणा पछि पनि आईपीएल खेल्ने तयारी गरेकाले चाँडै सन्यास फिर्ता लिन सक्ने क्रिकइन्फोले जनाएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *