सुनको मूल्यमा फेरि नयाँ रेकर्ड
काठमाडौं। नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ। मंगलबार कायम गरेको उच्च मूल्यको रेकर्डलाई ब्रेक गर्दै सुनको मूल्यले आज नयाँ रेकर्ड बनाएको हो।
आज सुन प्रतितोला ८०० रुपैयाँ बढेर एक लाख ७६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आजको सुनको मूल्य हालसम्मकै उच्च हो।
मंगलबार सुन प्रतितोला एक लाख ७५ हजार २०० रुपैयाँमा कारोबार भएर उच्च मूल्यको रेकर्ड बनाएको थियो। आज चाँदीको मूल्य भने पाँच रुपैयाँ घटेर कारोबार भएको छ । मंगलबार दुई हजार ५० रुपैयाँमा कारोबार भएको चाँदी आज दुई हजार ४५ रुपैयाँमा कारोबार भइरहेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment