‘एमबीएल इक्विटी फन्ड’ मा आवेदन दिने आज अन्तिम दिन

डिसी नेपाल
७ चैत २०८१ ११:४२
56
Shares

काठमाडौं। ‘एमबीएल इक्विटी फन्ड’ मा आवेदन दिने आज अन्तिम दिन रहेको छ। माछापुच्छ्रे क्यापिटलले फागुन २२ गतेदेखि म्युचुअल फन्ड योजना बिक्री खुला गरेको थियो। माछापुच्छ्रे क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुन लागेको ‘एमबीएल इक्विटी फन्ड’ले १२ करोड इकाई बिक्री खुला गरेको हो।

यसले प्रतिइकाई १० रुपैयाँको दरले १ अर्ब २० करोड रुपैयाँ बराबरको इकाई जारी गरेको छ। कुल योजनाको आकारमध्ये १५ प्रतिशत इकाई माछापुच्छ्रे बैंक तथा १४ प्रतिशत इकाई माछापुच्छ्रे क्यापिटलले खरिद गर्नेछन्। बाँकी रहेको ८५ करोड रुपैयाँ बराबरको १० करोड २० लाख इकाई सार्वजनिक निष्कासन भएको हो।

यसमा न्यूनतम १ सय इकईदेखि अधिकतम १ करोड २० लाख इकाईसम्म आवेदन दिन सकिनेछ। सी-आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ। लगानीकर्ताले आज कार्यालय समयभित्र यस फन्डको इकाईमा आवेदन दिनसक्नेछन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *