एनएमबि बैंकको सेयर बिक्रीमा
Abstract surface and textures of white concrete stone wall for background
काठमाडौं। एनएमबि बैंकले सेयर बिक्रीमा ल्याएको छ। बैंकले संस्थापक सेयरधनीको नाममा रहेको १ लाख २२ हजार १२ कित्ता संस्थापक सेयर बिक्री खुल्ला गरेको हो। यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन्।
सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज (चैत ८ गते) बाट ३५ दिन भित्र बैंकको सचिवको कार्यालय, बबरमहल, काठमाडौंमा आवेदन दिनु पर्नेछ। उक्त समयमा हाल कायम संस्थापक सेयरधनीले सेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment