अधिक तरलता व्यवस्थापन गर्न बैंकिङ प्रणालीबाट आज फेरि ३० अर्ब तान्दै राष्ट्र बैंक

डिसी नेपाल
१३ चैत २०८१ १०:५७
88
Shares

काठमाडौं। नेपाल राष्ट्र बैंकले बजारमा अधिक तरलता व्यवस्थापन गर्न बजारबाट ३० अर्ब रुपैयाँ तान्ने भएको छ। बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले लगातार निक्षेप संकलन उपकरण प्रयोग गर्दै पैसा खिचिरहेको छ।

आज बुधबार चैत १३ गते उक्त निक्षेप संकलन उपकरणको बोलकबोल हुने केन्द्रीय बैंकले जनाएको छ। इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन्।

बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ। केन्द्रीय बैंकले २१ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको हो। साँवा र ब्याज भुक्तानी मिति वैशाख ३ गते निर्धारण भएको छ। यसको ब्याजदर भने बोलकबोलबाटै निर्धारण हुनेछ। बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *