जोकोभिक युएस ओपन टेनिसको दोस्रो चरणमा प्रवेश

डिसी नेपाल
१० भदौ २०७६ ९:१७

एजेन्सी । विश्व नम्बर एक नोभाक जोकोभिक युएस ओपन टेनिसको दोस्रो चरणमा प्रवेश गरेका छन् ।

मंगलबार बिहान भएको खेलमा स्पेनिस खेलाडी रोबर्टो कार्बलेसलाई सोझो सेटमा पराजित गर्दै जोकोभिकले दोस्रो चरणको यात्रा तय गरेका हुन् । ३ पटकको च्याम्पियन सर्बियन खेलाडी जोकोभिकले रोबर्टोलाई ६–४,६–१ र ६–४ को सेटमा पराजित गरे ।

अब जोकोभिकले दोस्रो चरणमा साम क्वारी र जुवान इग्नासियोबीचको विजेतासँग खेल्ने छन् । यस्तै अर्को खेलमा जापानका सातौं वरियताका केई निशिकोरीले समेत दोस्रो चरणमा स्थान बनाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *