नेपाली टोली मलेसियाबाट आज फर्कने!

डिसी नेपाल
१० भदौ २०७६ १२:०३

काठमाडौं । मलेसियन क्लब जोहोर साउदर्न टाइगर्ससँग मैत्रीपूर्ण खेल खेल्न मलेसिया पुगेको नेपाली राष्ट्रिय फुटबल टोली आज स्वदेश फर्कने भएका छन् ।

मलेसियन लिग च्याम्पियन जोहोरसँग एक मैत्रीपूर्ण खेल खेलेको नेपाली टोली मंगलबार राति नेपाल आइपुग्ने अखिल एन्फाले जनाएको छ । नेपाली टिम राति ९ बजे नेपाल आईपुग्ने छ ।

विश्वकप छनोटको तयारीका लागि नेपाली टोलीले जोहोरसँग सोमबार मैत्रीपूर्ण खेल खेलेको थियो । तर, नेपाल जोहोरसँग १–० गोल अन्तरले पराजित भएको थियो। सुजल श्रेष्ठको कप्तानीमा मैदान उत्रिएको नेपालले मलेसियन क्लबविरुद्ध फितलो प्रदर्शन गरेको थियो ।

कतारमा आयोजना हुने सन् २०२२ को फिफा विश्वकप अन्तर्गत एसियाको दोस्रो चरणको छनोटको तयारीका लागि नेपालले मलेसियन क्लबसँग मैत्रीपूर्ण फुटबल खेलेको हो ।

छनोटमा नेपाल समूह ’बी’ मा रहेको छ । नेपालको समूहमा एसियाली पावर हाउस अष्ट्रेलिया, जोर्डन, कुवेत र चाईनिज ताइपे रहेका छन् । नेपालले कुवेतसँग खेल्दै छनोटको सुरुवात गर्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *