प्रभु बैंक लिमिटेड तथा गोरखा गार्डन होटलबीच विशेष छुट सम्झौता

डिसी नेपाल
३ वैशाख २०८२ ११:३८
96
Shares

काठमाडौं। प्रभु बैंक लिमिटेड र गोरखा नगरपालिका वडा नं.–६ अर्घले स्थित गोरखा गार्डन होटल प्रा.लि.बिच व्यावसायिक साझेदारीको लागि वैशाख २ गते एक कार्यक्रमका बिच आफ्ना कर्मचारी तथा ग्राहकवर्गहरु लक्षित गरी उपलब्ध सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ।

२ गते एक समारोहका बिच गोरखा गार्डन होटल प्रा.लि. का तर्फबाट अध्यक्ष सुरेन्द्र कुवर, र प्रभु बैंक लिमिटेड तर्फबाट, बैंकका प्रमुख प्रदेश अधिकृत–गण्डकी प्रदेश राजु रानाले समझदारी ज्ञापन पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूले बैंकको डेबिड/क्रेडीट कार्ड तथा बैकंको अन्य कुनै बिधुतीय माध्यम द्वारा बिल भुक्तानी गर्दा गोरखा गार्डन होटल प्रा.लि. मा उपलब्ध आवास, खाना तथा मनोरञ्जन लगायतका सेवाहरुमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

गोरखाको मुटुमा अवस्थित, गोरखा गार्डेन होटल आरामदायी बसाइको लागि न्यानो, परिवारमैत्री वातावरण, आरामदायी आवास र असाधारण सेवाको साथ मिश्रित नयाँ गन्तव्य हुन सक्छ । प्रभु बैंक लिमिटेड तथा गोरखा गार्डन होटल प्रा.लि. बिच भएको यो साझेदारीले गोरखाको पर्यटनको प्रवर्द्धन हुनुका साथै प्रभु बैंक लिमिटेडका ग्राहकहरू पनि लाभान्वित हुनेछन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *