द्रूतमार्गको रेखांकन परिवर्तन, तोकिएको समय भन्दा एक वर्ष अगाडि निर्माण सम्पन्न हुने

डिसी नेपाल
११ भदौ २०७६ १३:१०

काठमाडौं। नेपाली सेनाले काठमाण्डौ तराई दु्रुत मार्ग फास्ट ट्रयाक ३ वर्ष ६ महिना भित्र सम्पन्न गर्ने जनाएको छ।  सेनाले बुधबार पत्रकार सम्मेलन गरी द्रूत मार्ग निर्माण सम्बन्धी जानकारी गराएको हो।

विस्तृत आयोजना प्रतिवेदन बमोजिम आयोजनाको लागत १ खर्व ५५ अर्ब रुपैयाँ रहेको छ। मूल्य अभिवृद्धि करसहित कुल लागत १ खर्ब ७५ अर्ब रहेको छ। अन्तर्राष्ट्रिय परामर्शदाताबाट तयार गरिएको विस्तृत आयोजना प्रतिवेदन डीपीआरमा आयोजनामा निर्माण हुने सम्पूर्ण संरचनाहरुको मात्र लागत अनुमान गरिएको छ।

आयोजना निर्माणको क्रममा हुन आउने अन्य विविध खर्चहरुको बारेमा भने सेनाले बताएको छैन। निर्माणको समयमा आउने विविध र भैपरी खर्चको नेपाल सरकारले उपलब्ध गराउने नेपाली सेनाले बताएको छ।

दू्रत मार्ग खोकनाबाट सुरु भई निजगढ सम्म ७२ दशमलब ५ किलोमिटर को ४ लेनको बाटो निर्माण हुने भएको छ। यो यसअघिको डीपीआरको भन्दा ३ दशमलब ७० किलोमिटर सडक लम्बाई कमी हो। पहाडी भूभागमा २५ मिटर र समथरमा २७ मिटर चौडाको बाटो निर्माण हुने भएको छ।

यस मार्गमा बन्ने ८७ पुल मध्ये विशेष प्रकृतिको १६ र अन्य पुल ७१ वटा बनाइने भएको छ। यो सडकमा ३ वटा सुरुङ मार्ग बन्ने भएको छ। महादेव डाँडामा ३ दशमलब ३५ किलोमिटर र छोक्रेमा १ दशमलब ६३ किलोमिटर र लेनडाँडामा १ दशमलव ४ किलो मिटर सुरुङ मार्ग बन्ने छ।

यसअघि एसियाली विकास बैकले यस अघि छोक्रे डाँडा , ठिंगन र लेन डाँडामा १ दशमल ३७ किलोमिटरको सुरुङमार्ग बनाउने प्रस्ताव गरेकोमा सेनाले पुनःरेखांकन गरेर तीन स्थानमा सुरुङ मार्ग बनाउन लागेको हो।

खोकनाको विवाद मिलाउनका लागि सेनाले दुई स्थानको रेखांकन परिर्वतन गरेको छ। खोकना क्षेत्र र महादेवटार लेन डाडा क्षेत्र गरि दुई ठाउमा रेखांकन परिर्वतन भएको हो।

धार्मिक एवंम सांस्कृतिक महत्व बोकेको खोकना इलाकाको सिकाली मन्दिर साथै कोदेश क्षेत्रलाई संरक्षण हुने गरी सामान्य रेखांकन परिर्वतन गरिएको नेपाली सेनाले जनाएको छ। साथै महादेवटार देखि लेनडाँडासम्मको खण्डमा एडिबीद्वारा प्रस्तावित टनेलको विकल्पमा तथा नयाँ थप टनेलहरुसहित रेखांकन परिर्वतन भएको छ।

द्रूत मार्गको सम्पुर्ण कामको ८ प्रतिशत काम सम्पन्न भईसकेको सेनाले जनाएको छ। रक्षा मन्त्रालयले पेश गरेको ५ महिना पछि यही भदौ १ गते मन्त्रिपरिषद् बैठकले द्रूत मार्ग निर्माणको डिपिआर स्वीकृत गरेको थियो। द्रूत मार्ग निर्माणको क्रममा १ लाख ५१ हजार रुख काटिने संभावना छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *