सिडी विजयको जीवनको रेलमा गज्जबले खुले दिपेन्द्रराज र अलिसा
काठमाडौं। गायक सिडी विजय अधिकारीको मर्म स्पर्शी गीत जीवनको रेल बोलको गीतको भिडियो सार्वजनिक भएको छ।
प्रेम वियोगको कथाले भरिएको माया प्रेम अनि धोकाले भरिपूर्ण जीवनको रेल बोलको सार्वजनिक गीतमा आँफुलाई भन्दा बढी माया गरेकी पत्निले दिएको धोकालाई कलात्मक तरिकाले वर्णन गरिएको छ। त्रिकोणात्मक प्रेम कथाले भरिएको सार्वजनिक गीतका शब्द दीपेन्द्र अधिकारीका छन्।
गायक सिडीकै संगीत रहेको गीतमा एरेन्ज राजु कार्कीको रहेको छ। आफूलाई भन्दा बढी माया गरेकी आफ्नी प्राण प्यारीले दिएको धोकालाई गायक सिडी स्वयंले भिडियोमा कलात्मक तरिकाले आफ्नो निर्देशकीय कला कौशल देखाएका छन्। भिडियोमा दिपेन्द्रराज गिरी, अलिसा बास्तोला र श्रवन बिष्टले गज्जबको अभिनय गरेका छन् ।
सार्वजनिक भिडियोको छायांकन महेश महराले गरेका हुन् भने सम्पादन र कलरिङ दिनशन शाहले गरेका हुन्। भिडियो डिए क्रियशन युट्युब च्यानलबाट बजारमा आएको हो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment