रणबीर कपूरकी छोरी राहाको रामायणबाट बलिउड डेब्यु
काठमाडौं । रणबीर कपूरको फिल्म ‘रामायण’ ठूलो पर्दामा रिलिज भएको छ । फिल्ममा रणबीर भगवान रामको भूमिकामा छन्। साई पल्लवीले माता सीताको चरित्र निभाएकी छिन् र रवि दुबे लक्ष्मणको रोलमा छन्।
रणबीर कपूर र आलिया भट्टकी प्यारी छोरी राहाले ४ वर्षको उमेरमा ‘रामायण’ बाट बलिउड डेब्यु गरेकी छिन्। राहाको डेब्युको कुरा रणबीर कपूरले पुष्टि गरेका छन्। हालै ‘रामायण’ लाई लिएर एक अन्तर्वार्तामा रणबीर कपूरले बताएअनुसार उनी यो फिल्म राहासँग सेयर गर्नलाई लिएर धेरै नै एक्साइटेड छन् र राहा पनि यो फिल्ममा धेरै रुचि राखिरहेकी छिन्।
त्यही कुराकानीमा रणबीरले बताएअनुसार उनकी छोरी राहाको पनि फिल्ममा एउटा सानो क्यामियो छ। उनले बताएअनुसार राहाले ‘रामायण’ मा उनीसँगै साई पल्लवी र रवि दुबे भएको एउटा सटमा काम गरेकी छिन्। यसरी राहाले आफ्नै बुवाको फिल्मबाट बलिउड डेब्यु पनि गरिन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment