सुटिङमा किस गर्न लाग्दा हिरोइन् रोइन्, हिरो डराएर भागे
काठमाडौं । टीभी अभिनेत्री कनिका मान यतिबेला बिग बोस २० मा देखिएकी छन्। उनको शैलीको यतिबेला चर्चा भइरहेको छ। कनिकाले धेरै टीभी र वेब शोहरूमा काम गरिसकेकी छन्। सन् २०२२ मा उनले एउटा शृङ्खला गरेकी थिइन्, जसको नाम ‘रुहानियत’ थियो। यसमा उनीसँगै अर्जुन बिजलानीले काम गरेका थिए।
दुवैजनाबीच रोमान्टिक दृश्यहरू थिए। कनिकाले फिल्मीज्ञानलाई दिएको अन्तर्वार्तामा किस सीन सुट गर्नुअघि आफू डराएको बताएकी छन्। कनिका मानले भनिन्- ‘सेटमा हुन त ५० जना मानिसहरू हुन्छन्। तर जब इन्टिमेट सीन सुट गर्नुपर्ने हुन्छ, तब त्यहाँ थोरै मानिसहरू मात्र राखिन्छ।’
‘कम मानिसहरू सेटमा भए तापनि म डराएँ। मलाई अचानक केही भयो र म रुन थालेँ। मैले यो सीन नगरौँ भनेँ। अर्जुन बिजलानीले मलाई सेटमा रोएको देख्नेबित्तिकै उनी असहज भएका थिए। उनलाई लाग्यो कि मैले त केही गरेको छैन, अनि यो किन रोइरहेकी छे।’
‘अर्जुनलाई कतै आफ्ना कारणले त केही भएन भन्ने लाग्यो। त्यसैले उनी एक पटक त सेटबाट बाहिरिएका थिए। उनी तनावमा आएका थिए। उनले टोलीका मानिसहरूलाई ‘यसलाई सम्झाऊ, मैले त केही गरेको छैन, म त धेरै सामान्य थिएँ’ भनेका थिए। त्यसपछि मैले गएर अर्जुनसँग माफी मागेँ।’
कनिकाले तुरुन्तै गएर अर्जुनको भ्रम मेटाइन्। अभिनेता अर्जुनका कारण केही नभएको र उनी कनिकाका सिनियर भएको कुरा स्पष्ट पारिन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment