एनपीएल : वार्नरको अर्धशतकमा काठमाडौंद्वारा लुम्बिनीलाई १६१ रनको लक्ष्य

डिसी नेपाल
२१ कार्तिक २०८३ १८:५३

काठमाडौं। राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत काठमाडौं गोर्खाजले साबिक विजेता लुम्बिनी लायन्सलाई १६१ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १६० रन बनायो।

जसमा डेभिड वार्नर र शाहिल पटेलले उत्कृष्ट ब्याटिङ गरे। यी दुबै ब्याटरले १०४ रनको सतकीय साझेदारी गरे। वार्नरले अर्धशतक प्रहार गर्दै ६६ र पटेल ३८ रनमा आउट भए।

लुम्बिनीका शेर मल्ल,अविशेष गौतम र रूवेल ट्रम्पलमेनले २/२ विकेट हात पारे।

चार खेलबाट ७ अंक जोडेर शिर्षस्थानमा रहेको लुम्बिनी आजको खेल जितेर प्लेअफको सम्भावना बलियो बनाउन चाहन्छ। काठमाडौं भने ३ खेलबाट ४ अंकसहित चौथो स्थानमा छ। काठमाडौं पनि आजको खेल जितेर दोस्रो स्थानमा पुग्ने लक्ष्यमा छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *