कांग्रेसको आधिकारिकता सर्वोच्चको पुनरावलोकनमार्फत हामीले नै पाउँछौँ : डा. प्रकाशशरण महत

डिसी नेपाल
२१ कार्तिक २०८३ १८:११

काठमाडौं । नेपाली कांग्रेस (शेरबहादुर देउवा समूह) का नेता डा. प्रकाशशरण महतले सर्वोच्च अदालतको पुनरावलोकनमार्फत पार्टीको आधिकारिकता आफ्नै समूहले पाउने दाबी गरेका छन्।

शनिबार काठमाडौंमा आयोजित देउवा समूहको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले पार्टीको विचार, सिद्धान्त र आदर्शलाई आफूहरूले मात्रै निरन्तरता दिएको बताए।

सम्बोधनका क्रममा नेता महतले नेपाली कांग्रेसको असली आत्मा सभापति शेरबहादुर देउवा नेतृत्वको संगठनमै निहित रहेको जिकिर गरे। उनले न्यायको मर्म जीवित रहेसम्म सर्वोच्च अदालतबाट हुने पुनरावलोकनमा आधिकारिकताको निर्णय आफ्नो पक्षमा आउने विश्वास व्यक्त गरे।

यसैगरी, उनले गगनकुमार थापा नेतृत्वको पक्षले पार्टीको प्रजातान्त्रिक समाजवादी विचार, निष्ठा र परम्परागत संस्कारलाई त्यागेको गम्भीर आरोप लगाए। प्रतिस्पर्धी समूह व्यक्तिवादी बाटोमा हिँडिरहेको टिप्पणी गर्दै उनले कार्यकर्ताहरूलाई पार्टीको वैचारिक आधार नछाड्न आग्रह गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *