एउटा मात्रै मन्त्रालयले पर्यटन क्षेत्रलाई न्याय दिन नसकिने रहेछ : मन्त्री पाण्डे

डिसी नेपाल
११ जेठ २०८२ १४:४०
132
Shares

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले राज्यले नेपालका पर्यटकीय क्षेत्रको लागि न्याय दिन नसकेको बताएका छन्।
आइतबार राष्ट्रिय सामाचार समिति(रासस)को फोटो प्रदर्शनी शुभारम्भ समारोहमा बोल्दै उनले पर्यटनमन्त्री हुनुको नाताले कतिपय ठाउँका योजनाका मागहरु हेर्दा न्याय गर्न नसकिरहेको बताएका हुन्।

उनले भने,‘फोटो प्रदर्शनीमा थुप्रै फोटोहरु देख्यौ। ति अद्वितीय ठाउँहरुमा हामीले केही न केही गर्नुपर्ने छ। राज्यले केही गर्नुपर्ने छ। तर यतिखेर हामीसँग साधन, स्रोतको अभाव छ। म पर्यटनमन्त्री हुनुको नाताले आएका मागहरु, योजनाका कुराहरु हेर्दा न्याय गर्न सकिरहेको छैनौं, जस्तो लाग्छ। अहिले फोटो हेर्दा मलाई भित्र भित्रै पोलिरहेको थियो।’

उनले योजनामा धेरै कुरा छुटेको स्वीकार गर्दै त्यसको लागि एउटा मात्र मन्त्रालयले काम गर्न नसक्ने पनि बताए।

उनले थप भने,‘यो ठाउँको लागि पनि यस पटक केही गर्न सकिनेवाला छैन्। यो पनि छुट्या छ त्यो पनि छुट्या छ भन्ने लागिरहेको थियो। त्यसैले राज्यले ती ठाउँहरुलाई न्याय गर्नुपर्ने छ। गन्तव्यहरुलाई सहज बनाइदिनुपर्ने छ। एउटा मात्र मन्त्रालयले चाहेर हुँदैन।

उनले नेपाल अद्वितीय ठाउँ भएको र यस्तो पृथ्वीमा अर्को ठाउँ नभएको भन्दै यसमा चिन्तन गर्नुपर्ने बताए।

‘नेपाल विशेष ठाउँ हो। नेपाल अद्वितीय ठाउँ हो, यस्तो पृथ्वीमा अर्को ठाउँ छैन्। यसको ब्रान्डिङ गर्ने, प्रचार गर्ने र उपयोग गर्ने सन्दर्भमा के गर्ने भनेर चिन्तन गर्नेपर्ने अवस्था छ,’ उनले भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.