अवरुद्ध पृथ्वी राजमार्ग करिब १३ घण्टा पछि पुनः सञ्चालन

डिसी नेपाल
१४ जेठ २०८२ ५:५९
508
Shares

धादिङ। अवरुद्ध पृथ्वी राजमार्ग करिब १३ घण्टा पछि पुनः संञ्चालनमा ल्याइएको छ। मंगलवार बिहान करिब सवा दश बजे थाक्रे गाउँपालिकास्थित वडा नम्वर ७ सोप्याङ्ग खोलामा पुलको एकातिरको भाग भासिएपछि राजमार्गमा सवारी आवगमन दुबैतर्फ ठप्प भएको थियो।

स्तरोन्नतीसहित निर्माणधीन अवस्थामा रहेको राजमार्गको सो स्थानमा पुलको जिपा भासिन पुग्दा पुलको एकतर्फको भागमा भ्वाङ परेपछि राजमार्ग अवरुद्ध भएको हो।

भासिएको स्थानमा ग्याविन जाली भरेर गएराति करिब १२ बजेतिर सडक एकातर्फ सञ्चालनमा ल्याइएको नागगढुंगा-मुग्लिन सडक आयोजना पूर्वी खण्डले जनाएको छ।

अहिले राजमार्गको मुख्य भासिएको स्थानबाट एकातर्फ सञ्चालन गराइएको छ भने डाभर्सन समेत खोलेर आर्कोतर्फबाट पनि सवारी सञ्चालन गराइएको हो। नयाँ पुल निर्माणको क्रममा पुरानो सञ्चालनमा रहेको पुलको जिप भासिन पुग्दा सो स्थानमा सवारी बन्द भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *