सभामुखले विपक्षीसँग बार्गेनिङ गर्नुभयो : गणेश पराजुली

डिसी नेपाल
१४ जेठ २०८२ १४:२१
728
Shares

काठमाडाैं। रास्वपा सांसद गणेश पराजुलीले भिजिट भिसा प्रकरणमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताएका छन्।

बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद पराजुलीले भिजिट भिसा प्रकरणमा बर्तमान मन्त्रिपरिषद्का मन्त्री जोडिएकाले यस बिषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताएका हुन्।

उनले अख्तियारले स्वतन्त्र रुपमा अनुसन्धान गर्न नपाउने होकी भन्ने आशंका उत्पन्न भएकाले गृहमन्त्री राजीनामाका साथै अनुसन्धानका लागि उच्चस्तरीय छानबिन आयोग गर्नुपर्ने आफूहरुको बटमलाइन भएको बताए।

सांसद पराजुलीले प्रतिनिधिसभामा सभामुखको भूमिकाप्रति समेत आपत्ति जनाए। सत्तापक्ष सांसद वा गृहमन्त्रीलाई बोल्न दिने भएमात्रै प्रतिपक्षीलाई बोल्न नदिने भन्दै सभामुखले बार्गेनिङ गरेको उनले बताए।

सांसद पराजुलीले आफूहरुको माग यथावत रहेकाले त्यसलाई सम्बोधन नभएसम्म सदन चल्न नदिने दाबी गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *