चैते धान उत्पादनका लागि ३३ करोड बजेट विनियोजन
काठमाडौं । सरकारले चैते धान खेतीलाई प्रवद्र्धन गर्नको लागि ३३ करोड बजेट विनियोजन गरेको छ।
बिहीबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय संसदमा बजेट प्रस्तुत गर्दै चैते धान खेतीलाई प्रवद्र्धन गरिने र त्यसका लागि आवश्यक बिउबिजन र सिँचाइका लागि बजेट विनियोजन गरिएको बताएका हुन्।
उनले भने, ‘चैते धान खेतीलाई प्रवद्र्धन गर्नका लागि हामीले बजेट विनियोजन गरेका छौं। सरकारले त्यसका लागि आवश्यक बिउबिजन र सिँचाइका लागि ३३ करोड बजेट विनियोजन गरेको छ।’
सरकारले धान उत्पादनमा आत्मनिर्भर बन्ने योजनासहित चैते धान खेतीलाई प्रवद्र्धन गर्ने भएको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment