सुरक्षित पर्यावरण र पदमार्गको विकास गरिने
काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले निजी क्षेत्रको सहकार्य र पर्यटन बोर्डको सहजीकरणमा पर्यटन प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिने बताएका छन्।
विहीबार प्रतिनिधि सभामा बजेट प्रस्तुत गर्दै उनले उच्च पहाडी तथा हिमाली क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्न सुरक्षित पर्यावरण र पदमार्गको विकाससँगै अन्य स्थानमा पनि पर्यटन प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिने बताए।
उनले भने, ‘निजी क्षेत्रको सहकार्य र पर्यटन बोर्डको सहजीकरणमा पर्यटन प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिनेछ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्न सुरक्षित पर्यावरण र पदमार्गको विकास गरिनेछ। सुक्लाफाँटा खप्तड, बर्दिया रारा, लुम्बिनी मुक्तिनाथ, सौराहा गोसाईकुण्ड, जनकपुरधाम, कालिन्चोक, कोशीटापु सगरमाथा, पाथीभरा पदयात्रा सञ्चालन गरिने छ।’
यस्तै, उनले हिमाल आरोही र पदयात्रीको सुरक्षा, आकस्मिक उद्धारको व्यवस्था मिलाइने र होटल तथा रिसोर्टलाई उत्पादनमूलक उद्योग सरह आयकर तथा विद्युत महसुलमा छुट दिने पनि बताए।
उनले भने, ‘त्यस्तै, हिमाल आरोही र पदयात्रीको सुरक्षा, आकस्मिक उद्धारको व्यवस्था मिलाइने छ। होटल तथा रिसोर्टलाई उत्पादन मूलक उद्योग सरह आयकर तथा विद्युत महसुलमा छुट दिइने छ। होटल, मोटल, रेस्टुरेन्ट, जंगलसफारि लगायतका पर्यटन व्यवसायमा कार्यरत श्रमिकहरुको लागि सेवा शूल्कका माध्यमबाट प्रोत्साहन गर्न कानूनी व्यवस्था गरिने छ।’
आगामी आर्थिक वर्षभित्र नेपाललाई हवाई उडान सुरक्षा सूचीबाट बाहिर ल्याउन आवश्यक कार्य गरिने भन्दै आन्तरिक हवाई सेवालाई थप सुरक्षित र पहुँचयोग्य बनाउने पनि उनको भनाई छ। आन्तरिक हवाइ पूर्वाधार सुधारका लागि ५० करोड विनियोजन गरिएको पनि उनले बताए।







डिसी नेपाल








Facebook Comment