बजेट हाइलाइट

अर्थमन्त्रीले भने- पूँजीगत खर्चको विनियोजन बढाइएको बजेट यथार्थपरक छ

डिसी नेपाल
१६ जेठ २०८२ १४:०२
24
Shares

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूँजीगत खर्चको विनियोजन बढाइएको बताएका छन्।

आर्थिक वर्ष २०८२/८३ को बजेट सम्बन्धमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले चालू खर्चलाई सीमाभित्र राखिए पनि सरकारी वित्त हस्तान्तरणको आकारलाई वृद्धि गरिएको बताएका हुन्।

यनले भने, ‘यो बजेट कार्यान्वयन हुन्छ भन्ने कुरामा म सबैलाई विश्वास दिलाउन चाहन्छु। बजेट कार्यान्वयनका निम्ति व्यवहारिक, वस्तुनिष्ठ कार्यतालिका निर्माण गर्न अर्थ मन्त्रालय आजैदेखि काममा तत्पर रहेको छ। बजेटको आकारको बारेमा कुरा गर्दा पूँजीगत खर्चको विनियोजन बढाइएको छ। चालू खर्चलाई सिमाभित्र राखिएको छ। सरकारी वित्त हस्तान्तरणको आकारलाई वृद्धि गरिएको छ।’

साथै उनले अर्थमन्त्री पौडेलले आर्थिक वर्ष २०८२/८३ को बजेट यथार्थपरक ल्याएको दाबी गरे। उनले यसपटक बजेटको आकारको विषयमा त्यति टिप्पणी नभएको बताए।

उनले भने, ‘यो बजेट आम्दानी र खर्चको यथार्थपरक छ। आम्दानी र खर्च दुवैको प्रश्नमा बजेट यथार्थपरक छ। होटेल, रिर्सोट, सूचना प्रविधि उद्योगबाट हुने आयमा विशेष उद्योग सरह सुविधा दिने प्रवन्ध गरिएको छ। आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट ल्याएका थिए।

बजेट चालूतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड, पुँजीगततर्फ ४ खर्ब ७ अर्ब ८९ करोड र वित्तीय तर्फ ३ खर्ब ७५ अर्ब २४ करोड विनियोजन गरिएको छ।

सरकारले ल्याएको बजेटका लागि राजस्व, अनुदान र ऋणबाट स्रोत जुटाइने भनिएको छ। जसमा राजस्वबाट १३ खर्ब १५ अर्ब, वैदेशिक अनुदानबाट ५३ अर्ब ४५ करोड, वैदेशिक ऋणबाट २ खर्ब ३३ अर्ब र आन्तरिक ऋणबाट ३ खर्ब ६२ अर्ब स्रोत जुटाइने भनिएको छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.