एशियन पेन्ट्सको ‘कलर नेक्सट २०२५’ को रुपमा ‘कार्डिनल’ घोषणा

डिसी नेपाल
३१ जेठ २०८२ ८:५५
16
Shares

काठमाडौं। एशियन पेन्ट्स नेपालले सफलतापूर्वक ‘कलर नेक्सट २०२५’ सार्वजनिक गरेको छ। शुक्रबार काठमाडौंमा कार्यक्रम गर्दै कम्पनीले वर्ष २०२५ को ‘रङ’ को रूपमा ‘कार्डिनल’ घोषणा गरेको हो।

कलर नेक्स्ट, एशियन पेन्ट्सद्वारा हरेक वर्ष गरिने व्यापक अभ्यास हो। “कलर अफ द इयर” को रुपमा “कार्डिनल” ले नेपालमा डिजाइन, नवीनता र रचनात्मक संवादमा एशियन पेन्ट्सको नेतृत्व र प्रतिबद्धता झल्काउने विश्वास कम्पनीले लिएको छ।

विश्वव्यापी रूपमा रङ र फिनिशिङमा अग्रणी सोच निर्माण गर्ने एशियन पेन्ट्सले सन् २००३ देखि प्रवृति पूर्वानुमानको क्षेत्रमा काम गर्दै आएको छ। जसमा मानव व्यवहारमा प्रभाव पार्ने विश्वव्यापी सामाजिक–सांस्कृतिक प्रबिधिहरूको अध्ययन गरिन्छ र त्यसलाई कलर, मटेरियल र टेकस्चरको नयाँ डिजाइन दिशामा रुपान्तरण गरिन्छ।

यस प्रक्रियामा उद्योगसँगको अन्तरक्रिया, सांस्कृतिक विज्ञहरूसँग कार्यशाला, र व्यापक अनुसन्धान समावेश हुन्छ, जसले डिजाइन र डेकोर उद्योगका लागि महत्वपूर्ण अन्तर्दृष्टिहरू प्रदान गर्दछ।

कार्यक्रममा एशियन पेन्ट्सकी प्रिन्सिपल स्पेसलिस्ट मरीशा रेगो डीसुजाले सन् २०२५ का लागि तीन प्रमुख डिजाइन प्रवृतिहरु सार्वजनिक गरेकी थिईन्। जसमा साल्ट, फिल मोर र ब्याड टेस्ट रहेका थिए।

“कलर नेक्सट २०२५” मार्फत, एशियन पेन्ट्स नेपालले फेरि एकपटक सृजनात्मक अभिव्यक्तिको उत्प्रेरक, डिजाइन संवादमा अगुवाइका साथ सजावट र घरको सौन्दर्यका लागि समग्र समाधान प्रदान गर्ने ब्रान्ड को रूपमा आफ्नो स्थान मजबुत पारेको डीसुजाले बताइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.