पोखरा त साँच्चिकैको पोखरा नै रै’छ! (तस्बिरहरू)

डिसी नेपाल
५ असार २०८२ १६:३१
68
Shares

पोखरा । पर्यटकीय नगरी पोखरा निकै सुन्दर छ।

सराङकोट, फेला ताल, आँखैअघि टल्किने माछापुच्छ्रे हिमाल, डेभिड फल्स, म्युजियम, गुप्तेश्वर गुफा, महेन्द्र गुफा, बेगनाश ताल, चमेरी गुफालगायत पोखरामा दर्जनौं पर्यटकीय क्षेत्र छन्। जो निकै मनमोहक छन्।

एकै ठाउँबाट हिमाल, ताल, गुफा, मन्दिरलगाएत साहसिक खेलले भरीपूर्ण आनन्द लिन सकिने पोखरा अधिकांश पर्यटकको पहिलो रोजाइ बन्ने गरेको छ।

सराङकोटबाट पोखरा सहर, फेवाताल, सेता हिमालको लर्कनलगायतले मोहित बनाउँछ। पछिल्लो समय पोखरा साहसिक खेलको गन्तव्यका रूपमा विकास भएको छ। सराङकोटबाट प्याराग्लाइडिङ र जिप फ्लायर गर्नुको मज्जा बेग्लै छ।

त्यस्तै, अल्ट्रालाइट उडान पनि पोखरामा गर्न पाइन्छ। पोखरामा बञ्जीसमेत सञ्चालनमा छ। पोखराको यो सुन्दरतालाई असारे झरीले थप टलक्क पारिदिएको छ। मेथलाङ डाँडाबाट पोखरा थप सुन्दर देखिएको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *