इरानी आणविक कार्यक्रमको जानकारी दिएमा २ करोड डलरसम्मको पुरस्कार
काठमाडौं । अमेरिकाको विदेश मन्त्रालयले इरानको आणविक कार्यक्रमसँग जोडिएका मानिसहरू, केन्द्रहरू र प्रविधिका बारेमा जानकारी दिनेहरूका लागि २ करोड डलर सम्मको पुरस्कारको घोषणा गरेको छ।
अमेरिकी विदेश मन्त्रालयको ‘रिवार्ड्स फर जस्टिस’ कार्यक्रमले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा एक पोस्ट गर्दै लेखेको छ, ‘अमेरिकी सरकार इरानको तर्फबाट आणविक हतियार कार्यक्रम विकसित गर्ने कुनै पनि कोसिसको विरोध गर्न प्रतिबद्ध छ। यदि तपाईंसँग इरानको आणविक कार्यक्रमसँग जोडिएका मानिसहरू वा प्रविधिका बारेमा कुनै जानकारी छ भने, हामीसँग सम्पर्क गर्नुहोस्।’
यसको वेबसाइटका अनुसार, इरानका आणविक केन्द्रहरू र उपकरणहरू, वैज्ञानिकहरू र यो कार्यक्रमसँग जोडिएका अन्य मानिसहरूका बारेमा जानकारी दिएमा २ करोड डलरसम्मको पुरस्कार पाउन सकिनेछ।
यसमा उपकरणहरूको आपूर्ति र तिनलाई एक ठाउँबाट अर्को ठाउँमा पुर्याउनमा संलग्न मानिसहरूका बारेमा जानकारी पनि सामेल छ। जानकारी दिनेहरूलाई अर्कै ठाउँमा बसाल्ने (पुनर्वासको) विकल्प पनि दिन सकिनेछ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment