छ्याङदी हाईड्रोपावरको हकप्रदमा आवेदन दिने म्याद असार २७ सम्म
काठमाण्डौं।छ्याङदी हाईड्रोपावरको हकप्रद शेयरमा आवेदन दिने म्याद असार २७ गते सम्मलाई थप गरिएको छ।
गत जेठ २३ गतेदेखि निष्कासनमा आएको कम्पनीको हकप्रद शेयरमा असार १२ गतेसम्म आवेदन दिने समयावधि दिइएकोमा अब, असार २७ गतेसम्म आवेदन दिन सकिने जनाइएको छ।
हकप्रद शेयर निष्कासनका लागि कम्पनीले गत जेठ २ मा एक दिनका लागि बुक क्लोज गरेकोले जेठ १ गते सम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीहरुले मात्रै कम्पनीद्वारा जारी गरिने हकप्रद खरिद गर्न सक्ने छन्।
कम्पनीले हाल कायम चुक्तापूँजी ३८ करोड ६९ लाख ७७ हजार ५ सय रुपैयाँबराबरको शतप्रतिशत अर्थात १ः१ अनुपातमा १०० रुपैयाँ अंकित दरका ३८ लाख ६७ हजार ७७५ कित्ता हकप्रद शेयर जारी गरेको छ।
हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। कम्पनीले नेपाल धितोपत्र बोर्डबाट वैशाख १२ गते हकप्रदका लागि स्वीकृती प्राप्त गरेको थियो ।







डिसी नेपाल







Facebook Comment