सुन मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार?

डिसी नेपाल
१३ असार २०८२ १२:२०
3.0k
Shares

काठमाडौं । सुनको मूल्यमा भारी गिरावट भएको छ। आज तोलामा २९ सय रुपैयाँले घटेको हो।

नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला २९ सय रुपैयाँले घटेर १ लाख ८९ हजार ४०० रुपैयाँ कायम भएको छ।

यसअघि, बिहीबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ९२ हजार ३०० रुपैयाँ रहेको थियो।

आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर २१ सय ६५ रुपैयाँ कायम भएको छ। यसअघि बिहीबार चाँदीको भाउ प्रतितोला २१ सय ७५ रुपैयाँ रहेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *