११ वर्षीया बालिकामाथि बलात्कारपछि हत्याका पाँच आरोपी सार्वजनिक
काठमाडौं । ११ वर्षीया बालिकामाथि बलात्कारपछि हत्या गरेको अभियोगमा प्रहरीले पाँच जनालाई पक्राउ गर्दै सार्वजनिक गरेको छ। शुक्रबार दिउँसो जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले पाँच जनालाई सार्वजनिक गरेको हो।
असार ११ गते बिहान साढे ९ बजेतिर भोटेकोशी गाउँपालिका-५ छ्याङ्दीको एक जंगलमा ११ वर्षीया बालिका मृत फेला परेको प्रहरी अनुसन्धानले बलात्कारपछि हत्या भएको देखाएको थियो।
सोही आरोपमा प्रहरीले भोटेकोशीकै २१ वर्षीय निमा तेन्जिङ तामाङ, २२ वर्षीय वाङनिमा तामाङ, ३२ वर्षीय नामग्याल शेर्पा, २० वर्षीय दावा तामाङ र २२ वर्षीय लाक्पा पासाङ तामाङलाई पक्राउ गरेको हो।
कोलगाउँ बस्ने ती बालिकाको शव घरदेखि अन्दाजी ४ सय मिटर पर रहेको बारीमा फेला परेको थियो।
उनीहरूमाथि थप अनुसन्धान गर्न जिल्ला अदालतबाट सात दिनको म्याद थपेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment