प्रहरीका तल्लो तहका कर्मचारीलाई ‘आधारभूत तह’ सम्बोधन गर्न प्रस्ताव

डिसी नेपाल
१५ असार २०८२ १४:४६
304
Shares

काठमाडौं। गृहमन्त्री रमेश लेखकले प्रहरी संगठनमा कार्यालय सहयोगी, नेपाल प्रहरीको जवान, हवल्दारलाई आधारभुत तह भनि कानूनमा उल्लेख गर्नुपर्ने बताएका छन्।

आइतबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले प्रहरी संगठनमा तल्लो तहको कर्मचारी भन्ने शब्दहरु प्रयोग गर्ने गरेको भन्दै यसलाई आधारभुत तह भनिनुपर्ने बताएका हुन्।

उनले भने, ‘प्रहरी खास गरेर कार्यालय सहयोगी, प्रहरी जवान, हवल्दारलाई तल्लो तहको कर्मचारी भनेर शब्दहरु प्रयोग गर्ने गरिन्थ्यो। मैले एउटा नया शब्द प्रारम्भ गरेको छु। प्रहरीको ती कर्मचारीहरुलाई आधारभुत तह भनिनुपर्छ भनेर भनेको छु किनभने प्रहरीको प्यारामिड उहाँहरुमै माथि उभिएको छ।’

उनले सबैभन्दा ठुलो संख्यामा प्रहरी जवान, हवल्दारलगायतका कर्मचारी सडकमा १६ घण्टा उभिएर काम गर्ने भन्दै यसलाई कानूनमा लेख्दा आधारभुत तह लेख्न प्रस्ताव समेत गरे।

बैठकमा नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गर्ने सांसदहरुसँग छलफल गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.