सुनवाइ र राज्यव्यवस्थासहित ४ समितिको बैठक बस्दै

डिसी नेपाल
१६ असार २०८२ ६:४७
44
Shares

काठमाडौं। संघीय संसद अन्तर्गतका ४ वटा समितिको बैठक बस्दैछ। संघीय संसद सचिवालय, सिंहदरवारमा उक्त बैठक बस्नेछन्।

जसअनुसार राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ः०० बजे बोलाइएको छ। जुन बैठकमा नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराउने सांसदहरूसँग छलफल गरिनेछ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा भने विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदन माथि छलफल हुनेछ। जुन बैठक बिहान ८ः३० बजेबाट सुरू हुनेछ।

विधायन व्यवस्थापन समितिको बैठकमा पुरानै अजेन्डा भन्सार विधेयक, २०८० माथि  दफावार छलफल हुनेछ। जुन बैठक बिहान ११ः०० बजे बोलाइएको छ भने संसदीय सुनुवाइ समितिमा सुनुवाइ हुन बाँकी सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश र न्याय परिषदका सदस्यको सुनुवाइ गरिनेछ। जुन बैठक बिहान ८ः०० बजेबाट सुरू हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.