दुईवटा ट्रक ठोक्किएर घाइते अवस्थामा ट्रकभित्रै फसेका चालकको ३ घण्टापछि उद्धार
काठमाडौं । बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–२१ चुरियामाई मन्दिरको जंगलमा असार १५ गते साँझ एउटै दिशाबाट जाँदै गरेका दुई ट्रक एक आपसमा ठोक्किएर दुर्घटनामा परेका चालकको ३ घण्टापछि उद्धार गरिएको छ । स्टेरिङमा च्यापिएका उनलाई ट्रकको झ्याल काटेर निकालिएको हो ।
दुर्घटनमा परी चितवन जिल्लाको भरतपुर उपमहानगरपालिका–१६ बस्ने अन्दाजी ३५ वर्षिय चालक अरुण श्रेष्ठ घाईते भएका हुन् । उक्त स्थानमा सशस्त्र प्रहरी बल नेपाल नं. १४ गण मकवानपुरबाट सशस्त्र प्रहरी निरीक्षक अनिल कार्कीको कमाण्डमा खटिएको सुरक्षा फौजले उनको उद्धार गरेको हो ।
हेटौडाबाट बाट पथलैयाँतर्फ जाँदै गरेको ना ७ ख ७३०१ नम्बरको ट्रकलाई सोही दिशातर्फ जाँदै गरेको ना ६ ख ३७६३ नम्बरको ट्रकले ठक्कर दिदा दुवै ट्रक सडकको वायाँतर्फको साईडमा पल्टिएर दुर्घटना भएको थियो । दुर्घटनामा परी घाईते भएका श्रेष्ठ ना ६ ख ३७६३ नम्बरको ट्रकको चालक हुन् ।
उद्धार पश्चात उनलाई उपचारको लागि जिल्ला अस्पताल हेटौडातर्फ पठाईएको छ भने अर्का ट्रकका चालक भने सामान्य रहेका छन् । दुवै ट्रकमा चालक बाहेक अन्य कोही नरहेको बताईएको छ ।







डिसी नेपाल







Facebook Comment