प्रस्तावित न्यायाधीश थापा र न्यायपरिषद् सदस्य नेपालको संसदीय सुनुवाई
काठमाडाैं। संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश शान्तिसिंह थापा र न्यायपरिषद् सदस्यमा सिफारिस महेश कुमार नेपालको संसदीय सुनुवाई गरेको छ।
सिंहदरबारमा सोमबार बसेको समिति बैठकले दुई जनाको संसदीय सुनुवाई गरेको हो। आइतबार समितिले सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश मेघराज पोखरेल र श्रीकान्त पौडेलको संसदीय सुनुवाई गरेको थियो।
प्रस्तावित सवैको सुनुवाई भएपनि समितिबाट अनुमोदन गर्ने वा नगर्ने भन्ने बिषयमा भने सोमबार निर्णय हुन सकेन। समिति सभापति ईश्वरीदेवी न्यौपानले प्रस्तावित व्यक्तिमाथिको छलफल बाँकी रहेको र समिति सदस्यहरुको कार्यव्यस्ताका कारण अर्को बैठकबाट आवश्यक निर्णय लिइने जानकारी दिइन्।
त्यसअघि बैठकमा समिति सदस्यहरुले प्रस्तावित न्यायाधीश शान्तिसिंह थापालाई भावी कार्ययोजनाका बारेमा प्रश्न गरेका थिए। उनले सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश थापाले न्यायपालिका, व्यवस्थापिका, कार्यपालिकालाई संविधानले नै सीमारेखा कोरिदिएकाले हस्तक्षेप गर्न नपाइने बताइन्।
हस्तक्षेप गर्न नपाउने नाममा स्वेच्छाचारिता भए चेक एण्ड ब्यालेन्सको सिद्धान्तलाई प्रयोग गर्नुपर्ने उनले बताइन्। थापाले संविधान, ऐन कानूनको दायरामा रहेर शक्ति पृथकीकरणको सिद्धान्तका आधारमा काम गर्न आफू सचेत रहेको बताइन्।
त्यस्तै न्यायपरिषद् सदस्यमा सिफारिस महेश कुमार नेपालले आफूले गम्भीर भएर पदीय जिम्मेवारीलाई संविधानप्रति पूर्ण जिम्मेवार रही स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकाको सुदृढीकरणमा प्रयत्नशील रहने जनाए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment