गुडविल फाइनान्सको १ लाख कित्ता संस्थापक शेयर आज देखि बिक्रीमा

डिसी नेपाल
१७ असार २०८२ ९:५९
28
Shares

काठमाडाैं। गुडविल फाइनान्स लिमिटेडले आज देखि आफ्नो संस्थापक शेयर विक्रीमा राखेको छ।

कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरुका लागि १ लाख कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो। शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको मितीले ३५ दिनभित्र काठमाण्डौंको हात्तिसारमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आफुले खरिद गर्न चाहेको दर उल्लेख गरी आवदेशन पेश गर्नुपर्ने छ।

निर्धारित मितिभित्र शेयर खरिदका लागि कुनै पनि आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीलाई शेयर बिक्री गरिने कम्पनीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *