नेपाल बैंक र लेट मि इनबीच सम्झौता
काठमाडौं। नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूलाई नयाँ बानेश्वर अवस्थित लेट मि इन प्रा.लि.मा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ।
सो सम्झौता बमोजिम लेट मि इन प्रा.लि. को कोरियन प्रविधिबाट प्रदान गरिने विविध एस्थेटिक्स सम्बन्धी सेवाहरूमा लाग्ने शुल्कहरूमा नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू र ग्राहकहरूले विभिन्न उपचार सेवामा ८ देखि १५ प्रतिशतसम्म छुट पाउने भएका छन्।
सम्झौता पत्रमा बैकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र लेट मि इन प्रा.लि. को तर्फबाट प्रबन्ध निर्देशक डोङ्ग सु माले हस्ताक्षर गरेका हुन्।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment