राष्ट्रियसभा बैठक जारी

डिसी नेपाल
१८ असार २०८२ १२:०२
44
Shares

काठमाडौं। राष्ट्रियसभाको आजको बैठक सुरु भएको छ। आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘विनियोजन विधेयक, २०८२ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ।

आजै, विनियोजन विधेयक, २०८२ अन्तर्गत विभिन्न शीर्षकहरूमध्ये राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालयको बजेट माथि उठेका प्रश्नहरुको जवाफ दिने कार्यसूची छ।

त्यस्तै, सहरी विकास, सञ्चार, ऊर्जा, भौतिक, कृषि, रक्षा अर्थ, शिक्षा, श्रम, युवा तथा खेलकुद मन्त्रालयको बजेट माथि उठेका प्रश्नको सम्बन्धित मन्त्रालयको मन्त्रीले जवाफ दिनेछन्।

त्यस्तै, आजै अर्थमन्त्री पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक, २०८२, राष्ट्र ऋण उठाउने विधेयक, २०८२ विधेयकहरूमाथि विचार गरियोस् भन्ने प्रस्तावहरू राष्ट्रियसभामा प्रस्तुत गर्नेछन्। विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त भन्सार विधेयक, २०८० माथि छलफल गरियोस र पारित गरियोस् भन्ने प्रस्ताव पनि आजको बैठकमा प्रस्तुत हुनेछ।

बैठकमा राष्ट्रियसभाका सचिव डा सुरेन्द्र अर्यालले ‘संघीय निजामती सेवा विधेयक, २०८० का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशसभासमक्ष टेबुल गर्ने’ कार्यसूची रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.