नेप्से परिसुचक २७०० बिन्दु नजिक, एकै दिनमा साढे ९ अर्बभन्दा बढीको कारोबार

डिसी नेपाल
१८ असार २०८२ १५:५५
64
Shares

काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार पनि नेप्से परिसुचक निरन्तर वृद्धि हुँदै करीब २७ सय बिन्दु नजिक पुगेको छ।

मंगलबार २८.९१ अंकले बढेर २६६०.३९ अंकमा पुगेर रोकिएको नेप्से यसदिन ३४.४२ अंकले बढेर २६९४.८२ अंकमा पुगेर रोकिएको हो। नेप्सेको वृद्धिसँगै आज रकममा पनि वृद्धि भएको छ। आज एकै दिनमा साढे ९ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

आज कुल ३१७ स्टकको ९ अर्ब ७४ करोड ४८ लाख ४३ हजार ३७५ रुपैयाँ बराबरको ३ करोड १ लाख ८२ हजार ३४१ कित्ता शेयर खरिद विक्री भएको छ। मंगलबार ३०९ स्टकको ७ अर्ब ३ करोड ३० लाख ५० हजार २८६ रुपैयाँ बराबरको १ करोड ५७ लाख ६४ हजार १ कित्ता शेयर मात्र खरिद विक्री भएको थियो। यस दिन सेन्सेटिभ इन्डेक्स आज ५.५२ अंकले बढेको छ। फ्लोट इण्डेक्स पनि २.५६ अंकले बढेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स पनि २.०९ अंकले बढेको छ।

यस दिन ग्रिन डेभलप्मेन्ट बैंक, खानीखोला हाइड्रो पावर, नेपाल इन्स्योरेन्स कोअपरेटिभ लिमिटेड र गुराँस लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। ग्रिन डेभलप्मेन्ट बैंकको शेयर मूल्य १३७.८२ रुपैयाँले बढेर १५१६.८० रुपैयाँमा अन्तिम कारोबार भएको छ।

खानीखोला हाइड्रो पावरको शेयर मूल्य ३९.३० रुपैयाँले बढेर ४३२.७० रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यसैगरी, गुराँस लघुवित्तको शेयर मूल्य पनि ५७.४४ रुपैयाँले बढेर ६४२.३१ रुपैयाँमा अन्तिम कारोबार भएको छ। आज धेरै कमाउनेमा सिन्धु विकास बैंक, कर्पोटेर विकास बैंक, प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्स रहेका छन्।

यस दिन साहस उर्जा लिमिटेड, सप्तकोशी विकास बैंक, एनआरएन इन्फ्रास्टक्चर र विकास बैंक नाग्दी ग्रुप पावर कम्पनी र बरुण हाइड्रो पावरको शेयर सबैभन्दा धेरै कारोबार भएको छ।

यस दिन सबैभन्दा धेरै घाटा व्यहोर्नेमा विन नेपाल लघु वित्त, युनिर्भसल पावर कम्पनी, सिटिजन्स सुपर म्युचुअल फण्ड रहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *