अक्सफोर्ड विश्वविद्यालयद्वारा प्रा.सुवेदीको नाममा स्थापित वार्षिक पुरस्कार विजेता घोषणा

डिसी नेपाल
१९ असार २०८२ ११:२७
124
Shares

लन्डन। विश्व प्रसिद्ध अक्सफोर्ड विश्वविद्यालयले प्रा.सूर्यप्रसाद सुवेदीको नाममा स्थापित विद्यावारिधिको सर्वोत्कृष्ट शोधग्रन्थलाई प्रदान गरिने वार्षिक पुरस्कार विजेता घोषणा गरेको छ।

यस वर्षको पुरष्कार डा. आइडेन लेर्चलाई ‘न्यायालयहरुले न्याय सम्पादन गर्दा मुद्दाको अन्तिम किनारा नलाग्दै कुनै पक्षलाई तत्काल हुन सक्ने अन्यायबाट रोक्न कस्तो प्रकारका आदेश दिन सक्दछन्’ भन्ने विषयमा केन्द्रित उनको शोधग्रन्थका लागि प्रदान गरिएको हो।

डा लेर्चको उक्त शोधग्रन्थ यो वर्षको अक्सफोर्ड विश्वविद्यालय कानून संकायको सर्वोत्कृष्ट शोधग्रन्थमा छनौट भएको थियो। अक्सफोर्ड विश्वविद्यालयबाट विद्यावारिधि गरेका प्रा.सुवेदीलाई उक्त विश्वविद्यालयले सन् २०१९ मा प्राज्ञिक क्षेत्रको सर्वोच्च उपाधि महाविद्यावारिधि प्रदान गरेको थियो भने सन् २०२० मा प्रा सुवेदीको नाममा उक्त वार्षिक पुरष्कार स्थापना गरेको थियो।

प्रा.सुवेदी बेलायतको लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानूनका प्राध्यापक एवं बेलायतका ब्यारिष्टर र केसी हुन्। उनलाई दुईवर्ष अघि अक्सफोर्ड विश्वविद्यालयको एक्सेटर कलेजले अन्तरराष्ट्रिय कानूनको क्षेत्रमा असाधारण योगदान दिएको व्यक्ति भन्दै आजीवन मानार्थ प्राज्ञ निर्वाचित गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.