दुई प्रसारण लाइन निर्माणका लागि राष्ट्रिय प्रसारण ग्रिड कम्पनी र निजी कम्पनीहरु बीचसम्झौता प्रक्रिया अन्तिम चरणमा

डिसी नेपाल
१९ असार २०८२ १४:५४
28
Shares

काठमाडौं। हाइटार-शीतलपाटी ४०० केभी र लामाबगर-बाह्रबीसे २२० केभी प्रसारण लाइन निजी क्षेत्रको सहभागितामा निर्माण गर्न राष्ट्रिय प्रसारण ग्रिड कम्पनी र निजी कम्पनीहरु बिच सम्झौता प्रक्रिया अन्तिम चरणमा रहेको छ।

ग्रिड कम्पनीका सचिव राजेश पोखरेलले निजी क्षेत्रको सहभागितामा यी दुई प्रसारण लाइन निर्माण गर्न निजी क्षेत्रका उर्जा प्रवद्र्धक कम्पनीहरुसँग सम्झौता गर्ने प्रक्रिया अन्तिम चरणमा रहेको बताएका हुन्।

यस अघि नै हाइटार-शीतलपाटी ४०० केभी प्रसारण लाइन निर्माणका लागि ६ वटा र लामाबगर–बाह्रबीसे २२० केभी प्रसारण लाइन निर्माणका लागि दुई निजी कम्पनीले आवेदन इिसकेका छन्। परियोजना निर्माणका लागि ती कम्पनीहरुले कति प्रतिशत शेयर हाल्ने र ग्रिड कम्पनीको कति प्रतिशत शेयर रहने विषयको छलफल अन्तिम चरणमा रहेको पोखरेलले बताए।

यस अघि हाइटार-शीतलपाटी प्रसारण लाइन निर्माणका लागि छुजुङ खोला जलविद्युत् आयोजना, तल्लो बरुण खोला, बकान खोला जलविद्युत् आयोजना र ६३ मेगावाट क्षमताको अर्को छुजुङखोला जलविद्युत् आयोजनाले यसअघिनै आवेदन दिइसकेका छन्।

त्यसैगरी लामाबगर-बाह्रबीसे प्रसारण लाइन निर्माणका लागि नासा कम्पनी लिमिटेडअन्तर्गतको १६० मेगावाट क्षमताको ल्याप्चेखोला जलविद्युत् आयोजना र सानिमा हाइड्रोपावरअन्तर्गतको जुमखोला जलविद्युत् आयोजनाले आवेदन दिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *