नेपालका बैंकहरुको शाखा विदेशमा खोल्न सभापति चालिसेको आग्रह

डिसी नेपाल
१९ असार २०८२ १६:०३
80
Shares

काठमाडौं । अर्थ समितिका सभापति सन्तोष चालिसेले विदेशमा नेपालका बैंकहरुको शाखा खोल्नुपर्ने बताएका छन्।

बिहीबार बसेको अर्थ समितिको बैठकमा बोल्दै उनले ठुलो जनसंख्या बाहिर जादाँ बाहिर पनि नेपाली बैंकका शाखा खोल्नुपर्ने बताएका हुन्।

उनले बैंकको व्यवस्थापन लगानिकर्ताले नभई विज्ञले चलाउनुपर्ने बताए। उनले भने, ‘बैंकको व्यवस्थापन विज्ञले चलाउनुपर्छ। अहिले धेरै बैंकमा मालिक नै चेयर म्यान भएर बसेका छन्। यो विज्ञले चलाउनुपर्छ आफै किन बस्नुपर्यो। बैंकहरुलाई बाहिर मुलुकमा किन नलाने ? यति ठुलो जनसंख्या बाहिर छन् भने शाखाहरु किन नखोल्ने त त्यसको बाधाहरु के हुन् ?’

उनले नेपालका एटिएम भारतमा चल्ने तर भारत नचल्दा भारतका मानिसले नेपालमा चाहे जति खर्च गर्न नसक्ने पनि बताए।

‘हाम्रो एटिएम भारतमा चल्छ यहाँबाट हस्पिटल जानेहरुले चलाइरहनुभएको छ। भारतका मानिसहरुको यहाँ चलाए त पैसा बोकेर ल्याउन परेन उ सँग जति क्यापिटल छ उसले त्यति खर्च गर्छ,’ उनले भने।

यस्तै बैठकमा सांसद विनोद चौधरीले बैंकका व्यवस्थापक, बोर्डहरु राम्रो काम गरे लगानीकर्ता उत्साहि हुने र बाफियाले नेपालको बैंकिङ क्षेत्रलाई नयाँ उचाइमा पुर्याउने बताए।

उनले भने, ‘बैंक चलाउनुपर्ने काम बैंकर कै हो। विज्ञ कै हो। बैंकको बोर्डमा विज्ञहरु नै हुनुपर्छ। बैंकको व्यवस्थापन, बोर्डहरुले राम्रो काम गर्यो भने लगानीकर्ताको लगानी स्वत जोगिन्छ। आउने बाफियाले नेपालको बैंकिङ क्षेत्रलाई नयाँ उचाइमा पुर्याउँछ।’

उनले नेपालले बाहिर बैंकका शाखा खोली लगानी गर्ने सोच बनाएर नेपालीको पूँजी समेट्ने पनि बताए।

बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्ने संशोधन प्रस्तावकर्ता सदस्यहरूसँग छलफल गरिएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *