किसानलाई सुन्तलाका बिरुवा : महिलालाई आयआर्जनमा सहज

डिसी नेपाल
१९ असार २०८२ १६:३९
48
Shares

रामेछाप । रामेछापको सुन्तलाको राम्रो उत्पादन हुने मन्थली नगरपालिका–१४ फुलासीका किसानलाई उन्नत जातका सुन्तलाका बिरुवा वितरण गरिएको छ।

मन्थली नगरपालिका र पहाडी समाज कल्याण केन्द्र दोरम्बा रामेछापको साझेदारीमा सञ्चालित हेफर परियोजनाले किसानलाई सुन्तलाका बिरुवा वितरण गरेको हो।

स्थानीय पशुपति महिला स्वावलम्बन समूहका महिलालाई २२ वटाका दरले सात सय बिरुवा वितरण गरिएको पहाडी समाज कल्याण केन्द्रका अध्यक्ष रत्नप्रसाद कँडेलले जानकारी दिए।

महिलाहरूलाई आयआर्जनमा सहयोग पुगोस् भनेर मागको आधारमा बिरुवा वितरण गरिएको उनले बताए।

सो बस्तीका किसानले व्यावसायिक रूपमा सुन्तला खेती गर्दै आएका छन्। एउटै किसानले वर्षको ६/७ लाख रुपैँयासम्मको सुन्तला बिक्री गर्दै आएका छन्।

उन्नत जातको बिरुवाले किसानलाई नयाँ बिरुवा उत्पादन र बगैँचा विस्तारमा थप सहयोग पुग्ने विश्वास लिइएको छ।

किसानलाई व्यावसायिक बन्न थप सहयोग पुगोस् भनेर बिरुवा वितरणको कार्यक्रम राखिएको वडाध्यक्ष मोतीलाल तामाङले बताए।

उनले व्यावसायिक सुन्तला खेतीबाट सो पेसामा लागेकाले राम्रो आम्दानी गरेका उदाहरण दिँदै अन्य किसानलाई पनि व्यावसायिक बन्न आग्रह गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *