जसपा मधेस प्रदेश अध्यक्ष यादवविरुद्ध पक्राउ पुर्जी जारी
जनकपुर । जनता समाजावादी पार्टीका मधेस प्रदेश अध्यक्ष अशोक यादवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
नेपाल प्रहरीका सर्लाहीका एसपी योगेन्द्रकुमार खड्कालाई धम्क्याएको आरोपमा आपराधिक उपद्रवको कसुरमा जिल्ला अदालत सर्लाहीले शुक्रबार(आज) अध्यक्ष यादवविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।
अध्यक्ष यादवले टेलिफोनमा अपशब्द प्रयोग गर्दै एसपीलाई तराईमा लुट्न आएको लुटेराको संज्ञा दिँदै धम्क्याएको अडिओ सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको छ।
अध्यक्ष यादवको खोजी गर्दै उनको घरमा प्रहरीको टोली हिजो राती पुगेको थियो तर उनी जनकपुरधाममा रहेको प्रहरीको ठहर छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment