माओवादी संसदीय व्यवस्थाकै व्यापारी हो : पूर्ण बस्नेत

डिसी नेपाल
२१ असार २०८२ १२:५८
84
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले नेकपा माओवादी केन्द्र संसदीय व्यवस्थाकै व्यापारी भएको बताएका छन्।

संसदीय व्यवस्थालाई खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने प्रणाली भन्दै माओवादीले संसदीय व्यवस्थाको भरमग्दुर दोहन गर्ने गरेको बस्नेतको टिप्पणी रहेको छ।

बस्नेतले भने, ‘माओवादी चुनावमा एउटा दलसँग गठबन्धन गर्छ। सरकार बनाउन अर्को गठबन्धन र सरकार फेर्न फेरि अर्को गठबन्धन गर्छ। साना दलहरुलाई प्रयोग गर्छ। सरकार टिकाउन अन्य पार्टी फुटाउँछ । कसैसँग निहु खोज्न एउटा गठबन्धन गर्छ, आफै जाकिने भएपछि फेरि गठबन्धन फेर्छ । बाहिर जे भनेपनि संसदीय व्यवस्थामा सबैभन्दा बढी माओवादी रमाएको छ।’

संसदीय व्यवस्थामा सुधार वा उपयुक्त विकल्प खोज्नुपर्ने माओवादीले संसदीय व्यवस्थालाई अझ कुरुप बनाउने काम गरेको उनको आरोप छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *