नेपाली महिला टोलीलाई प्रधानमन्त्रीले दिए जितको शुभकामना
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले ‘एएफसी महिला एसियन कप छनोट’ का खेलाडीहरुलाई जितको शुुभकामना दिएका छन्।
श्रीलंकाको टोलीलाई जितेर आज उज्वेकिस्तानसँग फाइनल प्रतिस्पर्धाका लागि तयारीमा रहेको नेपाली टोलीलाई प्रधानमन्त्री ओलीले शनिबार प्रधानमन्त्री निवास, बालुुवाटारबाट भर्चुअल संवादका माध्यमबाट सफलताको शुुभकामना दिएका हुन्।
उज्वेकिस्तानको तासकेन्दस्थित मिली रंगशालामा बुधबार भएको खेलमा नेपालले प्रतिस्पर्धी श्रीलंकालाई हराएर उत्कृष्ट प्रदर्शन गरेको थियो।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment