पुँजीगत खर्च कम भएपनि राजश्वमा बृद्धि गरिरहेका छौं : चिरिबाबु महर्जन

डिसी नेपाल
२२ असार २०८२ १४:०८
24
Shares

काठमाडौं। ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ०८०/८१ कोे पूँजीगत खर्च भन्दा ०८१/०८२ मा पुँजीगत खर्च कम भएको बताएका छन्। उनले आगामी बर्ष पूँजीगत खर्चमा सुधार गर्दै जाने समेत बताए।

ऐन बमोजिम यही असार १० गते ७ अर्ब ४७ करोड बजेट प्रस्तुत गरेको तर पास हुन बाँकी रहेको बताँउदै उनले ऐनमा व्यवस्थापन गरिएको समयसीमा भन्दा अगाडि नै यसलाई पास गराउने जानकारी दिए।

पूँजीगत खर्च सोचेअनुसार गर्न नसक्नुमा केहि व्यवहारिक कठिनाई गरेको औल्याउँदै उनले भने,‘ असारको १० गते ऐन बमोजिम ७ अर्ब ४७ करोडको बजेट प्रस्तुत गरेका छौँ। यो पास भइसकेको छैन। मलाई जहाँसम्म लाग्छ ऐनमा व्यवस्थापन गरिएको समयसीमा भन्दा अगाडि नै यसलाई पास गराउने छौँ। विगतको कुरा गर्दा आर्थिक बर्ष ०८१/०८२ मा खर्च लगभग ६५ प्रतिशत भयो कि भन्ने छ। तर त्यसमा चालु खर्च अलि बढी नै हुन्छ। लगभग ९० प्रतिशतको हाराहारीमा पुग्छहोला।’

०८०/८१ को पूँजीगत खर्च ८२ प्रतिशत रहेको र यस बर्ष भने कम भएको उनले बताए।

‘पुँजीगत खर्च कम हुनुमा धेरै मल्टिपल फ्याक्टस्हरु पनि छन्। सरकारले अन्तिम कालखण्डमा समानिकरण गर्दा अनुदान कम गरिदिएकाले धेरै अफठ्यारोमा पारिदिएको थियो। गत साल असोज १० र ११ गते परेको बर्षाले नि समस्यामा परेको थियो। ललितपुर महानगरपालिकाले जुन रफ्तारमा काम गरिरहेका थियौँ विचमा अख्तियार पनि लागेको थियो। त्यसले पनि समस्या बनायो,’ उनले भने।

विगतका बर्षमा बाढी पहिरो र प्राकृतिक विपत्ती जस्ता घटनाले पूँजीगत खर्च बढाउन सनसकेको बताउदै उनले भने,‘पूँजीगत खर्चचाहीं विगतको बर्षमा भन्दा यस बर्ष खासैहोला जस्तो लागेको छैन। सबैभन्दा बढी असर परेको भनेको प्राकृतिक विपत्तिले नै हो। काम गर्ने सिलसिलामा त्यसलाई गणना गरिएन। प्रयास त धेरै नै गरेका हौं।’

आर्थिक बर्ष ०८०-८१को कुरा गर्ने हो भने राजस्व संकलन महानगरले प्रक्षेपण गरेको भन्दा ८ प्रतिशतले बढेको उनले बताए। यसलाई आगामी बर्ष थप सुधार गर्ने उनले प्रतिवद्धता जनाए।

‘यो बर्षको राजस्व संकलन गत बर्षको जस्तो हुने देखिएन। भवन अभिलेखिकरण गरेर मनग्य राजस्व उठ्छ भन्ने ठम्याई थियो। तर अभिलेखिकरण गर्ने कुरामा कानुनको दफ–दफा अगिंकार गर्नुपर्ने रहेछ। त्यसको प्रक्रियामै समय लाग्यो। तर अब हामीले भवन अभिलेखिकरण कानुन ल्यायौं। त्यसले पनि हाम्रो बजेट सक्यो। अब वर्खे अधिबेशनमा भवन अभिलेखिकणको म्याद थप्ने छौँ र राजश्व संकलनमा बृद्धि गर्नेछौं,’ उनले भने।

ललितपुर महानगरपालिकामा नयाँ पर्यटकीइ स्थलहरुको विकास गर्ने सन्दर्भमा काम भइरहेको पनि उनले बताए। स्मार्ट सिटी बनाउने काम भने धेरै अघि बढेको उनको भनाइ थियो।

‘ललितपुर महानगरपालिकामा नयाँ पर्यटकीय स्थलहरु बनाउने काम जारी छ। वातावरण सफा बनाउनेगरी इभी सवारी साधनहरुलाई प्राथमिकता दिएका छौं। इन्टेलिजन ट्राफिक लाइट महानगरपालिका भित्र २५१ स्थान राख्न पर्छ भन्ने हाम्रो अध्ययनको प्रतिवेदनमा रहेको छ। अहिले केही स्थानमा राखेका छौँ। यसले केही सहजिकरण भएको छ। त्यसैले हामी हौसिएका छौं। आउँदो आर्थिक बर्षमा अधिकांश स्थानमा लाइट विस्तार गरिसक्नेछौं। चक्रपथको ७.१ प्रतिशत सडकको केही भाग ललितपुर महानगपालिका भित्र पर्ने भएकाले त्यो भाग अलि अध्याँरो रहेको छ। दशैँसम्म काम सकिनेगरी स्मार्ट बत्ति जडान गर्न लागेको छाैं’ उनले भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.