विपन्न र गरिबीको रेखामुनि रहेकाहरुलाई ऋणको पहुँचमा ल्याउनुपर्छ : गर्भनर
काठमाडौं। नेपाल राष्ट्र बैंकका गर्भनर विश्वनाथ पौडेलले विपन्न, गरिबीको रेखामुनि रहेका जनशक्तिले ऋणको पहुँचमा आउन नसकेको बताएका छन्।
आइतबार नेपाल आर्थिक पत्रकार समाज(सेजन)ले आयोजना गरेको कार्यक्रममा बोल्दै उनलले देशका धेरै समुदायहरुको ऋणमा पहुँच नभएको र ऋणमा पनि सबैजनाको हक लाग्ने बताएका हुन्।
उनले भने, ‘हामी भूइँचालोबाट आयौं, कोभिडबाट आयौं। हाम्रो देश धेरै विविधता भएको देश हो। यहाँ धेरै समुदायहरु छन् तर लोनमा सबैको पहुँच छैन्। साना किसान जस्ता कार्यक्रहरु गरिरहेको छ। हाम्रा देशमा विपन्न, गरिवीमा रहेकाले ऋण सजिलोसँग पाएका छैनन्। व्याज धेरै महङगो तिरिहरेका छन्। ऋणमा सबैजनाको हक लाग्नुपर्छ।’
उनले ऋण प्रवाह गरेअनुसार सबैलाई माथि लैजान नसकेको पनि बताए।
‘हामीले जुन रुपमा ऋण प्रवाह गर्छौं। त्यसलाई सबैलाई माथि लैजाओस्। समस्या यहाँ के छ भने त्यो दर्शनमा काम पनि गरेको हो। तर चाहे अनुरुप काम भएन,’ उनले भने।
यस्तै, उक्त कार्यक्रममा उद्योगपति शेखर गोल्छा आगामी आर्थिक वर्षको मौद्रिक नीतिका सन्दर्भमा आफ्ना धारणा राखेका थिए।







डिसी नेपाल







Facebook Comment