पूर्वराष्ट्रपति भण्डारी र बालेनबीच भेटवार्ता

डिसी नेपाल
२२ असार २०८२ १८:५०
324
Shares

काठमाडौं। काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन्। बिहीबार बालेन भण्डारीलाई भेट्न उनको निवास बुढानिलकण्ठस्थित भंगाल पुगेका थिए।

भण्डारी सक्रिय राजनीतिमा फर्किएकी छिन्। उनले एमालेको सदस्यतासमेत नविकरण गरेकी छिन्। प्रधानमन्त्री ओलीसँग भने बालेनको सम्बन्ध समधुर छैन। उनले सार्वजनिक रुपमै प्रधानमन्त्री ओलीको आलोचना गर्ने गरेका छन्।

एमाले सिंगो पँक्ति नै बालेनको विरुद्धमा सञ्जालमा खनिएको अवस्था थियो। महानगरमा बालेन अहिले एक्लो बनेका छन्। एमालेसहितका दलीय प्रतिनिधि तथा कर्मचारीहरूसँगको द्वन्द्वका कारण बालेनले आगामी आर्थिक वर्षको बजेट समेत ल्याउन सकेका छैनन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *