मधेसी केन्द्रित मोर्चाको बैठक बस्दै, उपनिर्वाचनमा साझा उम्मेदवार खोजिने
काठमाडौं। तराइ मधेस केन्द्रित ७ दल सम्मिलित संघीय लोकतान्त्रिक मोर्चाले बैठक बस्दैछ। शंखमुल चोकस्थित होटेल ए वन प्यालेसमा उक्त बैठक बस्नेछ। जुन बैठक दिउँसो २ः०० बजेवाट सुरू हुनेछ।
मोर्चाका नेता केशव झाका अनुसार आजको बैठकमा रुपन्देही–३ को उपनिर्वाचन, निजामती विधेयकलगायत विकसित राजनीतिक घटनाक्रमबारे छलफल गरिनेछ। मोर्चाले उपनिर्वाचनमा साझा उम्मेदवार तय गर्ने गरी छलफल केन्द्रित गरिरहेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment