नेप्सेको ओरालो यात्रा कायमै, ०.१४ अंकले घट्यो सुचक

डिसी नेपाल
२४ असार २०८२ १६:११
52
Shares

काठमाडौं । पछिल्लो ६ कारोबार दिनदेखि बढिरहेको नेप्से परिसुचक साताको दोस्रो र तेस्रो कारोबार दिन लगातार घटेको छ।

सोमबार २२.३५ अंक घटेर २६८४.०१ विन्दुमा रोकिएको नेप्से आज तेस्रो कारोबार दिन ०.१४ अंकले घटेर २६८३.८६ बिन्दुमा अन्तिम कारोबार भएको छ।

सोमबार कुल ७१ हजार ३१३ पटकको कारोबारमा ८ अर्ब ३७ करोड ७३ लाख २७ हजार रुपैयाँबराबरको १ करोड ९४ लाख १५ हजार कित्ता शेयर खरिदबिक्री भएकोमा यस दिन कुल ३०४ स्टकको ६ अर्ब ५७ करोड ४१ लाख ६६ हजार ८१४ रुपैयाँ बराबरको १ करोड ५० लाख २७ हजार ३७२ कित्ता शेयर कारोबार भएको छ।

यस दिन सेन्सेटिभ इण्डेकस ०.०४ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.०१ अंक घटेको छ। त्यसैगरी, सेन्सेटिभ फ्लोट इण्डेक्स भने ०.०५ अंक बढेको छ।

यस दिन बुटवल पावर कमपनी, पिपुल्स हाइड्रो पावर, रिभरफल्स पार लिमिटेडले सर्वाधिक कमाएका छन्। यस दिन बुटवल पावरको शेयर मूल्य ८.२१ प्रतिशत बढेको छ। त्यसैगरी पिपुल्स हाइड्रो पावर ५.९६ प्रतिशत र रिभरफल्स पावर लिमिटेडको शेयर मूल्य प्रतिकित्ता ४.६९ प्रतिशतले बढेको छ।

यस दिन रसुवागढी हाइड्रो पावर र भुगोल इनर्जीको शेयर मूल्य सबैभन्दा धेरै घटेको छ। नेपाल रिइन्स्योरेन्स, बुटवल पार कमपनी र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयर सर्बाधिक कारोबार भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *