साना उद्योगी र व्यापारीलाई देशमै राख्ने मौद्रिक नीति आवश्यक : सभापति चालिसे

डिसी नेपाल
२५ असार २०८२ १४:४१
28
Shares

काठमाडौं । अर्थ समितिका सभापति सन्तोष चालिसेले साना उद्योगी र व्यापारिलाई मुलुकभित्रै राख्ने खालको मौद्रिक नीति आउनुपर्ने बताएका छन्।

बुधबार अर्थ समितिको बैठकमा भएको आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने विषयको छलफलमा उनले नेपालमा उत्पादनको अवस्था राम्रो भए पनि ९० प्रतिशत खाद्यन्न किनेर बस्नुपर्ने कुरा लाजमर्दो भएको भन्दै उद्योगधन्दा छोडेर विदेशिन थालेका व्यापारिहरुलाई देशमै राख्न सक्ने वातावरण बनाउनुपर्ने बताएका हुन्।

उनले भने, ‘यो मुलुकमा सबैभन्दा महत्वपूर्ण कुरा उत्पादा हो। देशभर उत्पादनको लागि वातावरण राम्रो छ तर उत्पादन हुन सक्दैन। ९० प्रतिशत खाद्यन्न किनेर बसेका छौं। यो लाजमर्दो कुरा हो यसमा के भएको हो। यसको कमजोरी के हो? साना उद्योगी र व्यापारि किन अन्यायमा परे, किन आफ्नो उद्योगधन्दा छोडेर विदेशिन थालेका छन्? उनीहरू सबैलाई यही मुलुकभित्र काम गर्न सक्ने गरि मौद्रिक नीति आउनुपर्छ। हामी सबैको उद्देश्य त्यही हो।’

साथै, उनले आज नै अर्थ समितिले नेपाल राष्ट्र बैंकमा लिखित रुपमा आफ्नो सुझाव प्रस्तुत गर्ने कुरा पनि जानकारी गराएका छन्।

सोही बैठकमा गभर्नर विश्व पौडेलले सबैको सुझाव आगामी मौद्रिक नीतिमा समावेश गर्ने कोशिस गर्ने भन्दै समितिबाट लिखित रुपमा सुझाव आउने आशा गरेको बताए।

उनले भने, ‘सबैको सुझाव आगामी मौद्रिक नीतिमा सकेसम्म समावेश गर्ने कोशिस गर्ने छु। यो सुझाव लिखित रुपमा छिटै नै यो समितिबाट आउने छ भन्ने आशा गरेको छु।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *